Kathmandu Press

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना 

पोखरा, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ।मंगलबार पीसीआर परीक्षण गराएका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो।स्वकीय...
गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना 

पोखरा, वैशाख २२ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ।

मंगलबार पीसीआर परीक्षण गराएका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो।

स्वकीय सचिव विक्रम न्यौपानेका अनुसार संक्रमित भएका उनको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा बस्ने बताइएको छ । 

संसदीय दलको मंगलबारको बैठकमा सहभागी उनी बैठक सकेर निवासमा फर्किएपछि ज्वरोआएको थियो ।  ज्वरो आएसँगै कोरोनाको आशंका गरी एन्टिजिन परीक्षण गराउँदा नतिजा पोजेटिभ आएको थियो ।
 

प्रकाशित मिति: १४:५५ बजे, बुधबार, वैशाख २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्