राष्ट्रियसभा उपनिर्वाचनमा विपक्षी गठबन्धन तयार, ओली समूह एक्लियो
६ जेठका लागि तय भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलसँग संघीयताविज्ञ डा. खिमलाल देवकोटाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
काठमाडौं, वैशाख २२ : ६ जेठका लागि तय भएको राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलसँग संघीयताविज्ञ डा. खिमलाल देवकोटाले प्रतिस्पर्धा गर्ने पक्का भएको छ।
मन्त्री थापा एमालेको केपी ओली समूहका उम्मेदवार हुन्। डा. देवकोटाले एमालेकै माधवकुमार नेपाल-झलनाथ खनाल समूह, कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई समूहका साझा उम्मेदवार हुन्। जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले सम्भवतः मन्त्री थापालाई सघाउने छ।
संयोगवस, डा. देवकोटा पनि एमालेनिकट बुद्धिजीवी हुन्। राष्ट्रियसभा उपनिर्वाचनमा भने उनले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गर्नु पर्नेछ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफलबाट डा. देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाइन लागेको हो।
मन्त्री थापा माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेपछि राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका थिए। सोही स्थानमा उपनिर्वाचन हुन लागेको हो।
डा. देवकोटा वागमती प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन्। विकास अर्थशास्त्रका विद्यावारिधि उनी वित्तीय संघीयता व्यवस्थापनविज्ञ हुन्।











-1790332718.jpg)