सभामुख, सांसद र संसदका कर्मचारीको पिसिआर परीक्षण गरिँदै
काठमाडौं, वैशाख २२ : सभामुख र सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित...
काठमाडौं, वैशाख २२ : सभामुख र सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।
बैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदको कोरोना परीक्षण गर्न लागेको सङ्घीय संसद् सचिवालयले जनाएको हो ।
नयाँ बानेश्वरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि बेलुका ५ बजेसम्म पीसीआर परीक्षण हुनेछ ।
आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने र भोली अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकसहित अरुको पीसीआर परीक्षण हुने सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: ०८:३८ बजे, बुधबार, वैशाख २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)