Kathmandu Press

काठमाडौं छाड्दा स्थानीय तहको सिफारिश चाहिने

काठमाडौं, वैशाख २१ : अब काठमाडौं उपत्यकाबाट बाहिर जाँदा स्थानीय तहको सिफारिश चाहिने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरी कामठाडौं...
काठमाडौं छाड्दा स्थानीय तहको सिफारिश चाहिने

काठमाडौं, वैशाख २१ : अब काठमाडौं उपत्यकाबाट बाहिर जाँदा स्थानीय तहको सिफारिश चाहिने भएको छ। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरी कामठाडौं उपत्यकाबाट बाहिर जान स्थानीय तहको सिफारिश चाहिने जनाएका छन्। आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने उल्लेख छ। 

Hardik ivf

यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड जारी गरेको थियो। तर, काठमाडौंबाट बाहिर जानेलाई कुनै रोकटोक थिएन। 

काठमाडौंबाट बाहिर जाँदा पनि संक्रमण फैलिन जोखिमलाई ध्यानमा राखेर सम्बन्धित स्थानीय तहको सिफारिश खोजिएको हो। 

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्