Kathmandu Press

संसद् छलेर अध्यादेश ल्याउनु घोर आपत्तिजनकः कांग्रेस

संसद् छलेर अध्यादेश ल्याउने सरकारको कामप्रति प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ।
संसद् छलेर अध्यादेश ल्याउनु घोर आपत्तिजनकः कांग्रेस

काठमाडौं, वैशाख २१ : संसद् छलेर अध्यादेश ल्याउने सरकारको कामप्रति प्रमुख विपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, ‘संसदको बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत् शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक छ। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश लगायत सातवटा अध्यादेश ल्याउने सरकारको निर्णयको कांग्रेस घोर भर्त्सना गर्छ।’
 

प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्