Kathmandu Press

ओलीलाई विश्वासको मत जुटाउन नदिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाट विश्वासको मत जुटाउन नदिने निर्णय गरेको छ। 
ओलीलाई विश्वासको मत जुटाउन नदिने कांग्रेसको निर्णय

काठमाडौं, वैशाख २१ : नेपाली कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्बाट विश्वासको मत जुटाउन नदिने निर्णय गरेको छ। 

मंगलबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन नदिने निर्णय गरेको हो। बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘जोलीजीलाई विश्वासको मत लिनबाट फेल गराउने निर्णय भएको छ।’

Hardik ivf

कांग्रेस बैठकमा दुई वटा विषयमा छलफल भएको छ। पहिलो प्रधानमन्त्री ओलीलाई विश्वासको मत जुटाउन नदिने विषयमा छलफल भएको छ। 

त्यस्तै, दोस्रो ओलीले विश्वासको मत लिन नसकेपछि बैकल्पिक सरकार गठन गर्ने विषयमा छलफल भएको छ। यस विषयमा अरु दलसँग पनि छलफल गर्ने कांग्रेस नेताहरूबीच सहमति भएको छ। 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरिसकेकी छिन्। 

त्यस्तै, कांग्रेस बैठकले लुम्बिनी प्रदेशमा सरकारलाई असंवैधानिक भनेको छ। तयसमा बिधि र प्रक्रिया मिच्ने काम भएको जनाएको छ। 

प्रकाशित मिति: १८:२८ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्