Kathmandu Press

सांसदहरूको कोरोना परीक्षण गरिने

सांसदहरूको कोरोना परीक्षण गरिने

काठमाडौं, वैशाख २१ : सांसदहरूको कोरोना परीक्षण गरिने भएको छ।

संसद भवन नयाँबानेश्वरमा यही वैशाख २२ र २३ गते बिहान १० देखि साँझ ५ बजेसम्म सांसदहरुको स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन वैशाख २७ गतेलाई बोलाइएको छ। बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।

प्रकाशित मिति: १४:०७ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्