अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो
काठमाडौं, वैशाख २१ : नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत...
काठमाडौं, वैशाख २१ : नेपाल सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको कोटाबाट राजदूत नियुक्त दाहाललाई दुईवर्षे कार्यकाल बाँकी रहँदै फिर्ता बोलाउने निर्णय गरेको हो।
यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत नियुक्त गरेको थियो।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पारिवारिक सदस्य समेत रहेका दाहाल माओवादीमा प्रवेश गर्नुअघि कांग्रेस निकट तरुण दलमा आबद्ध थिए।
२०७४ सालको चुनावमा प्रचण्डलाई सहयोग गरेपछि उनी माओवादी प्रवेश गरेका थिए। फिर्ता बोलाउने निर्णयसँगै दाहालले राजदूत भएबापत पाउने सेवा सुविधा रोकिएको छ। सरकारले प्रचण्ड निकट लीलामणी पोखरेललाई चीनको राजदूतबाट पनि फिर्ता बोलाएको थियो।
प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, वैशाख २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)