Kathmandu Press

झूठो समाचार लेखेको आरोपमा जापानी पत्रकारलाई तीन बर्ष जेल

टाकियो, वैशाख : म्यानमारमा गत अप्रिल १८ मा पक्राउ परेका जापानी पत्रकार युकि किताजुमीलाई झूठो समाचार लेखेको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ...
झूठो समाचार लेखेको आरोपमा जापानी पत्रकारलाई तीन बर्ष जेल

टाकियो, वैशाख : म्यानमारमा गत अप्रिल १८ मा पक्राउ परेका जापानी पत्रकार युकि किताजुमीलाई झूठो समाचार लेखेको आरोपमा तीन वर्ष जेल सजाय सुनाइएको छ । 

४५ वर्षिय पत्रकार युकिलाई झूठो समाचार फैलाएको आरोपमा म्यानमारले तीन वर्ष जेल सजाय सुनाएको जापानी दुतावासले जनाएको छ। 

Hardik ivf

म्यानमारमा भएको सैन्य ‘कू’ को विषयमा झूठो समाचार लेखि पक्राउ पर्नेमा युकी किताजुमी पहिलो विदेशी पत्रकार हुन्। 

जापानी संञ्चारमाध्यमका अनुसार उनी अहिले तीन वर्ष जेलको सजाय बिताइरहेका छन्। युकि किताजुमि स्वतन्त्र पत्रकारका रूपमा काम गरिरहेका थिए । 

म्यानमारस्थित जापानी दूतावासले युकिमा कुनै स्वास्थ्य समस्या नदेखिएको र उनलाई रिहा गर्न सेनालाई आग्रह गरिरहेका बताएको छ। 

फेव्रुअरी  १मा म्यानमारको सैन्य सरकारले सत्ता कब्जा गरेपछि सात सय भन्दा बढी मानिस मारिएका छन् र हजारौंलाई पक्राउ गरिएको छ । 

प्रकाशित मिति: १२:०२ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्