Kathmandu Press

पदका लागि राजनीति गरेको होइन : शेरचन

पोखरा, वैशाख २१ : गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदका लागि राजनीति नगरेको बताएका छन् । प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान...
पदका लागि राजनीति गरेको होइन : शेरचन

पोखरा, वैशाख २१ : गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका माओवादी नेता अमिक शेरचनले पदका लागि राजनीति नगरेको बताएका छन् । 

प्रदेश प्रमुखको निवासमा मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै उनले आफू पदको लोभी नभएको बताएका हुन् । ‘पूर्वराष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो। मैले अस्वीकार गरेँ। त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ति हुँ,’ शेरचनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल, क।यज्ञदेव आले, क.निर्मल लामा र क.मोहन विक्रम सिंह जस्ता शीर्षस्थ नेताहरुको निकटमा रहेर सक्रिय राजनीतिक संघर्षमा आफ्नो जीवन समर्पित गरें। पदका लागि कुनै प्रकारको बार्गेनिङ गरिनँ।’

पत्रकार सम्मेलनमा शेरचनले पद र सत्ता बचाउनको लागि असंवैधानिक पद्धतीलाई साथ दिने व्यक्ति आफू नभएको बताए । उनले भने, ‘ म पदकै लागि वैचारिक आस्था बम्बैको कोठीमा बिक्री गर्ने व्यक्ति होइन। म मार्क्सवाद, लेनिनवाद र माओ विचारधारामा अटल विश्वास राख्ने एक निष्ठावान पहरेदार नागरिक हुँ।’ शेरचनले आफू श्रमजीवी सर्वहारावर्गको इमान्दार साथी र वर्गसंघर्षमा जीवन समर्पित गर्ने योद्धा भएको बताए । 

गण्डकीको प्रदेश प्रमुख बनेपछि आफूले संवैधानिक मर्यादालाई पूर्णपालना गरेको बताउँदै उनले कुनैपनि पार्टी विशेषको प्रभाव र छायामा परेर काम नगरेको उल्लेख गरे ।  


 

प्रकाशित मिति: ११:१४ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्