Kathmandu Press

पूर्ण खोप लगाएका पर्यटकको यात्रा प्रतिबन्ध कम गर्न ईयूको सिफारिस 

काठमाडौं, वैशाख २१ : कोभिड–१९को पूर्ण खोप लगाएका पर्यटकको यात्रा प्रतिबन्ध कम गर्न युरोपियन युनियन आयोगले सिफारिस गरेको छ। युरोपियन युनियन आयोगले आफैले अनुमोदन गरेको...
पूर्ण खोप लगाएका पर्यटकको यात्रा प्रतिबन्ध कम गर्न ईयूको सिफारिस 

काठमाडौं, वैशाख २१ : कोभिड–१९को पूर्ण खोप लगाएका पर्यटकको यात्रा प्रतिबन्ध कम गर्न युरोपियन युनियन आयोगले सिफारिस गरेको छ। 

युरोपियन युनियन आयोगले आफैले अनुमोदन गरेको खोपको अन्तिम डोज लगाएका पर्यटकको यात्रा प्रतिबन्ध कम गर्न सिफारिस गरेको हो। 

युरोपियन युनियन आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले युरोपीयन युनियनको पर्यटन उद्योगलाई पुनर्जीवित गर्ने र सीमापारको मित्रतालाई सुरक्षित ढंगले पुन जागृत गर्ने समय भएको बताएका छन्। 

युरोपियन युनियनले हाल सात देशबाट पर्यटकलाई यात्राको लागि अनुमति दिइरहेको छ। 

इयुले डिजिटल प्रमाणपत्रको लागि योजना घोषणा गरिसकेको छ जसले कोभिड–१९ खोप लगाएको वा नलगाएको पत्ता लगाउन सक्छ।  

प्रकाशित मिति: १०:५१ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्