Kathmandu Press

कुन गल्तीले पदमुक्त गरिएको हो ? : अमिक शेरचन

काठमाडौं, वैशाख २१ : गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूले कुन चाहि गल्ती गरेको कारणले पदमुक्त गरिएको हो ? भनेर प्रश्न...
कुन गल्तीले पदमुक्त गरिएको हो ? : अमिक शेरचन

काठमाडौं, वैशाख २१ : गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त भएका अमिक शेरचनले आफूले कुन चाहि गल्ती गरेको कारणले पदमुक्त गरिएको हो ? भनेर प्रश्न गरेका छन् ।

आज पोखरामा पत्रकार सम्मेलन गर्दै  शेरचनले भने ‘तिमिले यहाँ नेर गल्ती गरेउ भनेको भए सच्याउथे होला, यहाँ महिले कहाँ गल्ती गरे, दोश्रो कुरा गल्ती नै गरेको भएपनि यहाँ गल्ती भो फेर्न पर्‍यो भनेको भए राजनीनामा दिन्थे, पहिला नै राजीनामा दिन चाहेको थिए, म त बस्न नचाहेको मान्छे हुँ, राजनीतिक रुपले हो भनेपनि पक्षपात गरेको प्रमाण हुनुपर्‍यो नी ।’

उनले तत्कालीन एमालेको विपक्षमा र तत्कालीन माओवादी र तत्कालीन काँग्रेसको पक्षमा केहि काम गरेको भए देखाउनका लागि चुनौती समेत दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शंशोधन गरेको प्रदेश प्रमुखको कार्यविधिप्रति कुनै प्रदेश प्रमुख पनि सन्तुष्ट नरहेको टिप्पणी पनि गरे ।

उनले अधिकारविहीन पदबाट पदमुक्त हुँदा खुसी लागेको बताउँदै  पदमा रहँदा कुनै असंवैधानिक काम नगरेको जिकीर गरे । सरकारले हिजो मात्र शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट हटाएर सीता पौडेललाई नियुक्त गरेको थियो । 
 

प्रकाशित मिति: १०:०८ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्