Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक आज बस्दैं 

काठमाडौं, वैशाख २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न...
कांग्रेस पदाधिकारी बैठक आज बस्दैं 

काठमाडौं, वैशाख २१ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

पार्टीको आगामी १४ औँ महाधिवेशन तथा समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो।

बैठकमा पार्टीको महाधिवेशनका लागि भइरहेको तयारी तथा पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोना संक्रमण लगायतका विषयमा छलफल हुने बताईएको छ । बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई बोलाइएको छ।

पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको भन्दै स्थगित गरिएको थियो। हिजो प्रवक्ता विश्व प्रकाश शर्मा लगायतका केही नेतामा कोरोना पुष्टि भएको थियो। 

प्रकाशित मिति: ०९:०३ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्