Kathmandu Press

कोरोना संक्रमित कर्मचारीले १४ दिनको काज बिदा पाउने

काठमाडौं, वैशाख २१ : कोरोनाको दोश्रो लहर तीब्र रुपमा फैलिएसँगै कोभिड–१९ बाट संक्रमित कर्मचारीले १४ दिनको काज बिदा पाउने भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
कोरोना संक्रमित कर्मचारीले १४ दिनको काज बिदा पाउने

काठमाडौं, वैशाख २१ : कोरोनाको दोश्रो लहर तीब्र रुपमा फैलिएसँगै कोभिड–१९ बाट संक्रमित कर्मचारीले १४ दिनको काज बिदा पाउने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्मचारीलाई कोभिड–१९ काज बिदाको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई परिपत्र गरेको हो । कोरोना संक्रमित भई घरमै आइसोलेसनमा बसेका कर्मचारीको हकमा १४ दिन बिदा पाउने छन् भने अस्पतालमा भर्ना भएको खण्डमा उपचार अवधिभर काज बिदा दिने व्यवस्था गरिएको हो ।

यसबाहेक कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीले चार दिन काज बिदा पाउनेछन् । यो व्यवस्था सरकारी तथा अर्धसरकारी निकायमा लागू हुनेछ । यसरी बिदा पाउनका लागि कार्यालय प्रमुखले प्रमाणित गर्नुपर्ने हुन्छ ।

सामान्यतया निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँदै आएको भएतापनि कोभिड संक्रमितलाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदाको व्यवस्था गरिएको हो ।

यस्तै, कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएसँगै सरकारी कार्यालयमा आलोपालो तथा ‘वर्क फ्रम होम’ प्रणाली पनि लागू गरिएको छ । 
 

प्रकाशित मिति: ०८:३७ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्