Kathmandu Press

टी–ट्वान्टी वरियतामा नेपालको एक स्थान सुधार

टी–ट्वान्टी वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौं, वैशाख २१ : अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–ट्वान्टी क्रिकेटको वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल टी–ट्वान्टीतर्फ १३औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १४ औं स्थानमा रहेको थियो ।

अघिल्लो साता नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेवसीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतियोगिता जितेपछि नेपालको वरियता १४ बाट १३ औं स्थानमा आएको हो । नेपालको टी–ट्वान्टीमा उत्कृष्ट वरियता ११ औं स्थान हो ।

टी–ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् । त्यस्तै, चौंथोमा पाकिस्तान र पाँचौंमा अष्ट्रेलिया रहेको छ ।

प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्