Kathmandu Press

प्रिमियर लिगमा वेष्टह्यामद्वारा बर्नली २–१ ले पराजित

काठमाडौं, वैशाख २१ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ ।अवे मैदानमा भएको खेलमा...
प्रिमियर लिगमा वेष्टह्यामद्वारा बर्नली २–१ ले पराजित

काठमाडौं, वैशाख २१ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा वेष्टह्यामले बर्नलीलाई २–१ ले पराजित गरेको छ ।

अवे मैदानमा भएको खेलमा वेष्टह्यामको जितमा दुवै गोल मिकेल एन्टोनिओले गरेका थिए । उनले २१ र २९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा सुरुवाती अग्रता भने बर्नलीले लिएको थियो ।

उसका लागि १९ औं मिनेटमा पाएको पेनाल्टीमा क्रिस वूडले गोल गरेका थिए । यो नतिजासँगै वेष्टह्याम युनाइटेडले शीर्ष चारमा अटाएर आगामी सिजन च्याम्पियन्स लिग फुटबलमा स्थान बनाउने आशा जीवितै राखेको छ ।

जितपछि पाँचौं स्थानको वेष्टह्यामको ३४ खेलबाट ५८ अंक भएको छ । चौथो स्थानको चेल्सीको ६१ अंक छ । गएराति नै भएको अर्को खेलमा वेष्टब्रोम र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति: ०७:२४ बजे, मंगलबार, वैशाख २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्