Kathmandu Press

भारतमा थप ३ लाख ५५ हजारमा कोरोना संक्रमण 

काठमाडौं, वैशाख २१ : भारतमा थप ३ लाख ५५ हजारमा संक्रमण थपिएका छन् ।दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा ३...
भारतमा थप ३ लाख ५५ हजारमा कोरोना संक्रमण 

काठमाडौं, वैशाख २१ : भारतमा थप ३ लाख ५५ हजारमा संक्रमण थपिएका छन् ।

दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड २ लाख ७५ हजार ५४३ पुगेको छ ।

Hardik ivf

भारतमा हालसम्म १ करोड ६६ लाख ७०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख ५२ हजार ४५७ छ । यस्तै त्यहाँ एकैदिन ३४ सय ३८ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा मृतक संख्या २ लाख २२ हजार ३८३ पुगेको छ ।

प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, वैशाख २१, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्