Kathmandu Press

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझै कडा बनाउने तयारी

काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझै कडा बनाउने तयारी

काठमाडौं, वैशाख २० : काठमाडौं उपत्यकामा निषेधाज्ञालाई अझै कडा बनाउने तयारी गरिएको छ। 

कोरोना संक्रमण बढ्दै गएकाले निषेधाज्ञालाई कडा बनाउने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भएको छ। निषेधाज्ञालाई कडा बनाउन आवागमन नियन्त्रण सम्बन्धी आदेश जारी गर्ने तयारी गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

अहिले निषेधाज्ञा भए पनि आवागमन भइरहेको छ। निजी तथा सरकारी सवारी साधन पनि निर्वाध रुपमा गुडिरहेका छन्। यसले भीडभाड बढेको र कोरोनाको चेन ब्रेक गर्न नसकिएको प्रमुख जिल्ला अधिकारीको निष्कर्ष रहेको छ। 

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पनि तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा कडाइ गर्नुपर्ने सुझाव दिएका छन्। विज्ञहरुको सुझाव अनुसार कडाइ गर्न लागिएको जनाएको छ। 

यस विषयमा छलफल भइरहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। यस विषयमा छलफल भइरहेको र छिट्टै थप आदेश जारी हुने उनले बताए। 

अहिले सरकारी तथा वित्तीय संस्थाका सवारी साधानहरु सञ्चालनमा आइरहेका छन्। त्यस्तै, विभिन्न संघसंस्थाका पनि चलिरहेका छन्।

अब बैंक तथा वित्तीय संस्थाका एक पांग्रे र दुई पांग्रेस सवारी साधन चल्न दिने र चार पांग्रेस रोकिने भएका छन्। त्यस्तै, सरकारी कार्यालयका पनि ५० प्रतशित सवारी साधन मात्रै चल्ने दिने आदेश जारी हुन लागेको हो। 

त्यस्तै, पैदल यात्रुलाई पनि कडाइ गरिने भएको छ। पैदल यात्रुले अत्यावश्यक कामको औचित्य पुष्टि हुने प्रमाण देखाउनु पर्नेछ। 

मंगलबारदेखि नै कडाइ गर्न लागिएको जनाएको छ। यससँगै निषेधाज्ञा पनि थपिने भएको छ। यसअघि वैशाख १६ गते निषेधाज्ञा जारी गरिएको थियो। एक हप्ते निषेधाज्ञा वैशाख २२ गते सकिँदै छ। 
 

प्रकाशित मिति: २०:२७ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्