गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख लिए शपथ
काठमाडौं, वैशाख २० : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीता पौडेल...
काठमाडौं, वैशाख २० : गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखले सोमबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुख सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई शपथ गराएकी हुन्।
सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिश गरेको थियो।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। त्यस्तै भण्डारीले गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिमकी प्रदेश प्रमुख शर्मिला कुमारी पन्तलाई पदमुक्त गरेकी थिइन्। उनीहरू नेकपा (माओवादी केन्द्र)को कोटामा प्रदेश प्रमुख नियुक्त भएका थिए।
प्रकाशित मिति: १८:५४ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)