काठमाडौं उपत्यकामा थप ३६६६ जनामा कोरोना

काठमाडौं, वैशाख २० : देशभर थपिएका संक्रमितमध्ये झण्डै आधा संक्रमित काठमाडौं उपत्यकामै देखिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ६ सय ६६ जनामा कोरोना संक्रमण देखिएको छ।
आज थपिएका संक्रमितहरूमध्ये काठमाडौंमा दुई हजार नौं सय २२, भक्तपुरमा दुई सय २२ र ललितपुरमा पाँच सय २२ जना रहेका छन्।
देशभर सात हजार चार सय ४८ जनामा कोरोना देखिएको छ। त्यस्तै, ३७ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १८:२० बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)