एमाले प्रदेश सांसदबाट राजिनामा दिएका पाण्डेय कांग्रेस प्रवेश
मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिप्रति असन्तुष्टि जनाउँदै पदबाट राजिनामा दिएका एमाले प्रदेश सांसद दृगनारायण पाण्डेय कांग्रेस प्रवेश गरेका छन्।
काठमाडौं, वैशाख २० : मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनर्नियुक्तिप्रति असन्तुष्टि जनाउँदै पदबाट राजिनामा दिएका एमाले प्रदेश सांसद दृगनारायण पाण्डेय कांग्रेस प्रवेश गरेका छन्।
उनको राजीनामा स्वीकृत भइसकेको छ। पाण्डेयलाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने तयारी छ। ६ जेठमा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउन लागिएको हो।
माओवादीबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले हटाएको थियो।
पाण्डेयको राजनीतिक पृष्ठभूमि कांग्रेसकै हो, जो गत आम निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट एमालेबाट निर्वाचित भएका थिए।
प्रकाशित मिति: १८:१५ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)