Kathmandu Press

आज थप ७४४८ जनामा कोरोना, ३७ को मृत्यु

आज थप सात हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३७ जनाको मृत्यु भएको छ।
आज थप ७४४८ जनामा कोरोना, ३७ को मृत्यु

काठमाडौं, वैशाख २० : आज थप सात हजार चार सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३७ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १७ हजार एक सय ७६ जना स्वाब परीक्षण गर्दा सात हजार चार सय ४८ जनामा संक्रमण देखिएको हो।

आज १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, पाँच सय १८ जनाको एन्टिजन परीक्षण गर्दा ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसैगरी कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय ६२ पुगेको छ। 
 

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्