Kathmandu Press

निषेधाज्ञा थप कडा हुन्छ : प्रधानमन्त्री

कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको बताउँदै नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको बताए ।
निषेधाज्ञा थप कडा हुन्छ : प्रधानमन्त्री

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञा थप कडा बनाउने बताएका छन् । सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली कोरोना भाइरसको दोस्रो लहर तिब्ररुपमा फैलिरहेकाले अहिलेको निषेधाज्ञा थप कडा बनाउने बताएका हुन्।

ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका बताउँदै ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको  र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए ।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको बताउँदै नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको बताए ।

ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक–एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए ।

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्