हेल्चेक्र्याइँले महामारी बढ्यो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले केही समययता गरिएको हेल्चेक्र्याइँले कोभिड महामारीको दोस्रो चरणले प्रकोपको रूप लिएको बताएका छन्।
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी ओलीले केही समययता गरिएको हेल्चेक्र्याइँले कोभिड महामारीको दोस्रो चरणले प्रकोपको रूप लिएको बताएका छन्।
देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले गत वर्षको लकडाउनका कारण महामारी नियन्त्रणमा राख्न सफलता प्राप्त भएको दाबी गरे। ‘बीचमा गरिएको हेल्चेक्र्याइँले महामारी फैलियो,’ उनले भने।
२१ लाखलाई पहिलो डोज खोप दिइएको तीन लाखभन्दा बढीलले दोस्रो डोज खोप प्राप्त गरेको उनले बताए। ‘महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालित छन्, विज्ञको सल्लाहअनुसार निषेधाज्ञा लगाइएको हो,’ उनले भने।
महामारीमाथि नियन्त्रण गर्न अवकाशप्राप्त चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा नियुक्त गरिने उनले जानकारी दिए। ‘टोल, बस्तीमा सुरक्षाकर्मी परिचालन गरेर स्वास्थ्य मापदण्ड पालना गराइने छ, पालना नगर्नेलाई कानूनअनुसार कारवाही गरिने छ,’ उनले भने।











-1790332718.jpg)