Kathmandu Press

सबै अन्तर्राष्ट्रिय उडान बिहीबारबाट बन्द हुने

काठमाडौं, वैशाख २० : नेपालका कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते बिहीबारबाट बन्द गर्ने निर्णय गरेको छ।अन्य...
सबै अन्तर्राष्ट्रिय उडान बिहीबारबाट बन्द हुने

काठमाडौं, वैशाख २० : नेपालका कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सरकारले सबै अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते बिहीबारबाट बन्द गर्ने निर्णय गरेको छ।

अन्य देशमा हुने सबै अन्तर्राष्ट्रिय उडान बन्द भएपनि भारतसँग भने साता दुई वटा उडानका हुने छ। भारत र नेपालबीच एयर बबल स्किमअनुसार सातामा दुई वटा दुईतर्फी उडा हुने भएको हो।

भारतबाट आउने यात्रु १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने छ ।

यस्तै, सरकारले आजै (सोमबार)रातिबाट सबै अन्तरिक उडान बन्द गरेको छ। आन्तरिक र बाह्य दुवै उडान वैशाख मसान्तसम्मका लागि बन्द गरिएको हो।

 

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्