चितवनमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु
मृत्यु हुनेमध्ये चितवन मेडिकल कलेज सीएमसीमा तीन र कलेज अफ मेडिकल साइन्सेस सीएमएसमा उपचार गराइरहेका थिए ।
चिवतन, वैशाख २० : कोरोना भाइरसको संक्रमणका कारण चितवनमा सोमबार चार जनाको मृत्यु भएको छ। चारै जनाको सोमबार उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये चितवन मेडिकल कलेज सीएमसीमा तीन र कलेज अफ मेडिकल साइन्सेस सीएमएसमा एक जना उपचार गराइरहेका थिए ।
चितवनमा अहिले १३ जना कोरोनाका गम्भीर विरामी छन् । उनीहरु मधये ९ जनाको सीएमसीमा र सीएमएसमा ४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
प्रकाशित मिति: १५:३४ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)