Kathmandu Press

नेपाल-खनाल समूहका थप तीन सांसदलाई एमालेको स्पष्टीकरण

सांसदहरू गंगा चौधरी, कलिला खातुन र समिना हुसेनसँग स्पष्टीकरण सोधिएको हो। २७ वैशाखमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा थप तीन सांसदसँग स्पष्टीकरण सोधिएकामा अर्थपूर्ण मानिएको छ।
नेपाल-खनाल समूहका थप तीन सांसदलाई एमालेको स्पष्टीकरण

काठमाडौं, वैशाख २० : सत्तारुढ एमालेले माधवकुमार नेपाल र झलनाथ खनाल समूहका थप तीन सांसदलाई स्पष्टीकरण सोधेको छ।

सांसदहरू गंगा चौधरी, कलिला खातुन र समिना हुसेनसँग स्पष्टीकरण सोधिएको हो। २७ वैशाखमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा थप तीन सांसदसँग स्पष्टीकरण सोधिएकामा अर्थपूर्ण मानिएको छ।

उनीहरू फेसबुक म्यासेन्जरमार्फत स्पष्टीकरण सोधिएको हो। यसअघि नेपाल र खनालसहित २७ सांसदलाई स्पष्टीकरण सोधिएको थियो।

उनीहरूसँग नयाँ पार्टी खोल्न लागिएको र सांसदबाट किन कारवाही नगर्ने भन्ने आशयको स्पष्टीकरण सोधिएको छ। उनीहरूले आफूहरू पार्टीको नवौँ महाधिवेशनको भावना र मर्मअनुसार परिचालित रहेको स्पष्टीकरण दिएका छन्।

प्रकाशित मिति: १५:०९ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्