Kathmandu Press

साढे तीन बजे देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आज दिउँसो साढे तीन बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्।
साढे तीन बजे देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी ओलीले आज दिउँसो साढे तीन बजे देशवासीका नाममा सम्बोधन गर्दै छन्।

समसामयिक विषय र कोभिड-१९ बारे प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अफ्नो ट्विटर ह्यान्डलमार्फत जानकारी दिएका छन्।

उक्त सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रधानमन्त्री ओलीले हिजो मात्र संसद्‍मा विश्वासको मत लिने निर्णय गरेका थिए। सोहीअनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखका लागि प्रतिनिधिसभाको बैठक बोलाएकी छन्।
 

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्