श्रीवास्तव र शाही शंकर पोखरेलकै समर्थनमा
बुटबल, वैशाख २० : लुम्बिनी प्रदेशका प्रदेशसभाका दुई सदस्य सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेललाई नै सकर्थन गर्ने भएका...
बुटबल, वैशाख २० : लुम्बिनी प्रदेशका प्रदेशसभाका दुई सदस्य सदस्य धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले मुख्यमन्त्री शंकर पोखरेललाई नै सकर्थन गर्ने भएका छन्।
आइतबार पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि श्रीवस्तव र शाही दुवैले माओवादी केन्द्रका नेता कुलबहादुर केसीको नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएका थिए । उनीहरुले केसीको पक्षमा हस्ताक्षर समेत गरेका थिए।
दुवैले सोमबार संयुक्त वक्तव्य जारी गर्दै आफूहरुको समर्थन मुख्यमन्त्री पोखरेललाई रहेको बताएका छन् । एमाले संसदीय दलप्रति प्रतिवद्ध रहेको बताउँदै उनीहरुले कुलप्रसाद केसीले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा आफूहरुको हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण भएको उल्लेख गरेका छन् ।
स्वतन्त्र उम्मेदवार श्रीवास्ताव र शाहीले सूर्य चिन्हबाट चुनाव लडेका थिए।
प्रकाशित मिति: १३:५८ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)