Kathmandu Press

स्थगित भयो राष्ट्रिय जनगणना

काठमाडौं, वैशाख २० : कोरोना भाइरसको दोस्रो लहर तिव्ररुपमा फैलिएपछि सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ।जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने...
स्थगित भयो राष्ट्रिय जनगणना

काठमाडौं, वैशाख २० : कोरोना भाइरसको दोस्रो लहर तिव्ररुपमा फैलिएपछि सरकारले राष्ट्रिय जनगणना २०७८ स्थगित गरेको छ।

जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने भनिएको राष्ट्रिष् जनगणना आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्थगित गरेको हो।

कोरोना भाइरस महामारीको समयमा घरघरमा पुगेर जनगणना गर्न सम्भव नभएको भन्दै सरकारले जगनगण स्थगित गरेको सरकारको प्रवक्ता पावर्त गुरुङले बताए। वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि स्थगित गरेको थियो।

प्रकाशित मिति: १३:१२ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्