कांग्रेस पदाधिकारी बैठक स्थगित
काठमाडौं, वैशाख २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ ।सभापति शेरबहादुर देउवाले आफ्नै...
काठमाडौं, वैशाख २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ ।
सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका थिए, वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक स्थगित गरिएको हो।
आइतबार साँझ प्रधानमन्त्री केपी ओलीले संसद्बाट विश्वासको मत लिने निर्णय गरेपछि सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका थिए। बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल हुने बताइएको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन संसद् अधिवेशन बोलाएको छ।
प्रकाशित मिति: १३:०७ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)