Kathmandu Press

दुई डुंगा ठोक्किँदा बंगलादेशमा २५ को मुत्यु

बंगलादेशको माद्रीपुर जिल्लाको पद्‍मा नदीमा सोमबार बिहान दुई डुंगा ठोक्किँदा २५ यात्रीको मृत्यु भएको छ।
दुई डुंगा ठोक्किँदा बंगलादेशमा २५ को मुत्यु

ढाका, वैशाख २० : बंगलादेशको माद्रीपुर जिल्लाको पद्‍मा नदीमा सोमबार बिहान दुई डुंगा ठोक्किँदा २५ यात्रीको मृत्यु भएको छ।

एउटा बालुवा बोक्ने र अर्को स्पिड बोट आपसमा ठोक्किएका हुन्। स्थानीय प्रहरीले घटनास्थलमा हालसम्म २५ शव फेला परेको जनाएको
छ।

स्थानीय अग्नि नियन्त्रक टोली र प्रहरीका गोताखोरहरू उद्धारमा जुटेका छन्। पाँचजनालाई सकुशल उद्धार गरिएको छ छ।
 

प्रकाशित मिति: १२:३२ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्