लुम्बिनीका दुई सांसदको विज्ञप्ति- मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन
लुम्बिनी प्रदेशसभाका दुई स्वतन्त्र सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन गर्ने बताएका छन्।
काठमाडौं, वैशाख २० : लुम्बिनी प्रदेशसभाका दुई स्वतन्त्र सांसदले मुख्यमन्त्री शंकर पोखरेललाई नै समर्थन गर्ने बताएका छन्।
कपिलवस्तु-२ ‘ख’ का धर्मबहादुर लाल श्रीवास्तव र नवलपरासीपश्चिम १ ‘ख’ का अजय शाहीले सोमवार विज्ञप्तिमार्फत आफूहरूको समर्थन मुख्यमन्त्री पोखरेललाई नै रहेको बताएका हुन्।
उनीहरू दुवै सूर्य चिह्नबाट प्रदेशसभामा निर्वाचित भएका थिए। उनीहरू दुवै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीनिकटस्थ हुन्। आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने उनीहरूले बताएका छन्।
‘माननीय कुलप्रसाद केसी समेतकाले सरकार गठनका सन्दर्भमा गरिएको दाबीमा हाम्रो हस्ताक्षर प्रस्तुत गर्नु बदनियत र त्रुटिपूर्ण छ,’ उनीहरूले विज्ञप्तिमा भनेका छन्।
प्रकाशित मिति: १२:२१ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)