Kathmandu Press

म्यानमारमा सात प्रदर्शनकारीको हत्या

म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको छ।
म्यानमारमा सात प्रदर्शनकारीको हत्या
Hardik ivf

काठमाडौं, वैशाख २० : म्यानमारको सेनाले सैनिक शासनविरुद्ध प्रदर्शन गरिरहेका सातजनालाई गोली प्रहार गरी हत्या गरेको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार दुईजनालाई स्वेबो जिल्लाको वेटलेटसहर, दुईजनाको सान राज्य तथा हिसपावा, नोवङकिओ र हपाकान्तमा एक-एक जनाको हत्या गरिएको हो।

१ फेब्रुअरीमा शासन हातमा लिएपछि हालसम्म म्यानमारमा म्यानमारको सेनाले सात सय ५९ जनाको हत्या गरिसकेको छ। म्यानमारको सेना र सशस्त्र समूहहरू बीच झडप पनि तीव्र बनेको छ।
 

प्रकाशित मिति: ११:२८ बजे, सोमबार, वैशाख २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्