झापाको बायोग्यास कम्पनीका आगलागी, बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएन
झापा, वैशाख २० : झापाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको छ। बिहान ३ बजेदेखि लागेको आगो...
झापा, वैशाख २० : झापाको मेचीनगर नगरपालिका १५ नीलकोठीमा रहेको ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आगलागी भएको छ।
बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् ।
आगो निभाउनको लागि पथरी, उर्लाबारी, भद्रपुर, मेचीनगर, बिर्तामोड र दमकबाट दमकल प्रयोग भइरहेका छन् ।
आगो कसरी लाग्यो र कति क्षति भयो भन्ने अहिल्यै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११:१८ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)