Kathmandu Press

कांग्रेस पदाधिकारी बैठक २ बजे बस्ने

काठमाडौं, वैशाख २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएका छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा...
कांग्रेस पदाधिकारी बैठक २ बजे बस्ने

काठमाडौं, वैशाख २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दिउँसो २ बजेका लागि पदाधिकारी बैठक बोलाएका छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन्।

आइतबार साँझ प्रधानमन्त्री केपी ओलीले संसद्बाट विश्वासको मत लिने निर्णय गरेपछि सोही विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। बैठकमा महाधिवेशनको तयारीबारे पनि छलफल हुने बताइएको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन संसद् अधिवेशन बोलाएको छ।

 

प्रकाशित मिति: ११:१० बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्