कोरोनाका कारण बाँकेमा ७ जनाको मृत्यु
कोरोना भाइरसका संक्रमणका कारण बाँकेमा ७ जनाको मृत्यु भएको छ। उनीहरुको आइतबार राति र सोमबार बिहान मत्यु भएको हो। मृत्यु हुनेमध्ये ६ जना बाँकेका छन् भने एक जना बर्दियाका छन् ।
काठमाडौं, वैशाख २० : कोरोना भाइरसका संक्रमणका कारण बाँकेमा ७ जनाको मृत्यु भएको छ। उनीहरुको आइतबार राति र सोमबार बिहान मत्यु भएको हो। मृत्यु हुनेमध्ये ६ जना बाँकेका छन् भने एक जना बर्दियाका छन् ।
उनीहरु मध्ये भेरी अञ्चल अस्पतालमा उपचारका क्रममा ४ र नेपालगञ्ज मेडिकल कलेज कोलहपुर उपचारका क्रममा २ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका १ र ३ का ६६ र ५१ वर्षीय पुरुष छन्।
यस्ते, बर्दियाको बढैयातालका ४७ वर्षीया पुरुष, नेपालगञ्ज उपमहानगर–५का ४८ र ६० वर्षीय पुरुष छन् । यस्तै खजुरा गाउँपालिका २का ३२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ८ की एक महिलाको सोमबार बिहान कोराना संक्रमणका कारण मृत्यु भएको छ।
प्रकाशित मिति: १०:२१ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)