Kathmandu Press

भारतमा थपिए ३ लाख ७० हजार संक्रमित, ३४ सयको मृत्यु 

भारतमा थपिए ३ लाख ७० हजार संक्रमित, ३४ सयको मृत्यु 

काठमाडौं, वैशाख २० : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार वढी कोरोना संक्रमित थपिएका छन्।

निरन्तर बढिरहेको संक्रमित संख्या दैनिक चार लाखको हाराहारीमा संक्रमित बढिरहेका छन् भने दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदर समेत बढिरहेको छ।

पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ७० हजार ५९ जना नयाँ संक्रमित थपिएका हुन्। यो यसअघिका केही दिनको तुलनामा भने कम हो। अघिल्लो दिन भारतमा ३ लाख ९२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ९९ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३४ सय २२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १८ हजार ९४५ पुगेको छ।

संक्रमितमध्ये एक करोड ५२ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३४ लाख सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: ०८:१३ बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्