आज मध्यरातिदेखि आन्तरिक उडान बन्द, अन्तर्राष्ट्रिय उडान बुधबारदेखि रोकिने
काठमाडौं, वैशाख २० : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडान सोमबार (आज)...
काठमाडौं, वैशाख २० : सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई उडान सोमबार (आज) मध्यरातिदेखि तथा अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार बसेको सीसीएमसी बैठकले भिडभाड बढेको भन्दै आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेको थियो।
त्यसैगरी, कोरोना संक्रमणको उच्च जोखिम रहेको देशमा अन्तर्राष्ट्रिय उडान बन्द गर्न सिफारिस सममेत गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलको भीड कम गर्न भन्दै आन्तरिक उडानमा कोटा प्रणाली लागू गरेको छ।
सरकारले कोटा प्रणाली लागु गरेसँगे आज भने ४१ वटा मात्रै उडान हुने विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयले एक घण्टामा ३ वटा उडान गर्ने गरी बजार हिस्साको आधारमा एयरलाइन्स कम्पनीलाई कोटा निर्धारण गरेको हो।











-1790332718.jpg)