Kathmandu Press

पन्जाबलाई हराउँदैं दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, वैशाख २० : दिल्ली क्यापिटल्स आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले...
पन्जाबलाई हराउँदैं दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

काठमाडौं, वैशाख २० : दिल्ली क्यापिटल्स आईपीएल टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ७ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदाबादमा पन्जाबले दिएको १ सय ६७ रनको लक्ष्य दिल्लीले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले अविजित ६९ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै पृथ्वी शले ३९ रन जोड्दा स्टिभ स्मिथले २५ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो ।

पन्जाबका लागि कप्तान मायांक अग्रवालले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि जित दिलाउन सकेनन् । जितसँगै दिल्लीले ८ खेलमा १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ । ८ खेलमा ६ अंक जोडेको पन्जाब छैटौं स्थानमा छ ।

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, वैशाख २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्