मेस्सीको दुई गोलमा बार्सिलोनाले भ्यालेन्सियालाई हरायो
काठमाडौं, वैशाख २० : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ।बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने...
काठमाडौं, वैशाख २० : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-२ गोल अन्तरले पराजित गरेको छ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले दुई गोल गरे भने एन्टोनी ग्रीजम्यानले एक गोल गरे। त्यस्तै भ्यालेन्सियाको लागि गाब्रियल पौलिस्टा र कार्लोस सोलेरले एक/एक गोल गरेका थिए। जितपछि बार्सिलोनाले उपाधिको दाबेदारको रुपमा कायमै राखेको छ।
बार्सिलोनाको ३४ खेलपछि ७४ अंक भएको छ भने अंक तालिकामा रियल म्याड्रिडसँग बराबरी गर्दै तेस्रो स्थानमा रहेको छ। त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको ३४ खेलमा ७६ अंक छ।
भ्यालेन्सियाको भने ३४ खेलपछि ३६ अंक मात्र रहेको छ र लिगमा १४औ स्थानमा रहेको छ।
गएराति नै भएका अन्य खेलमा भिल्लारियलले गेटाफेलाई एक शून्यले हराएको छ भने कार्डिजसँग गेटाफे एक शून्यले पराजित भयो। यस्तै रियल बेटिस र रियल भालाडोलिडले १-१ को बराबरी खेले।
प्रकाशित मिति: ०६:४६ बजे, सोमबार, वैशाख २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











