Kathmandu Press

मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल विस्तार

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहणलगत्तै मन्त्रिमण्डल पनि विस्तार गरेका छन्।
मुख्यमन्त्री पोखरेलले गरे मन्त्रिमण्डल विस्तार

काठमाडौं, वैशाख १९ : लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहणलगत्तै मन्त्रिमण्डल पनि विस्तार गरेका छन्।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरी सोही मन्त्रालयमा कायम भएका छन। प्युठानका हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा दिइएको छ। दुवैलाई सपथ ग्रहण गराइएको छ।

जसपाबाट मन्त्री बनेका चारैजना पदमा कायम रहेका छन्। सन्तोष पाण्डेलाई भौतिक पुर्वाधार विकास र विजय यादवलाई भूमि व्यवस्था तथा कृषि मन्त्रीको सपथ ग्रहण गराइएको छ। कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकाले सोमबार मात्र सपथ गराइने भएको छ।

लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमै पुगेर सपथ ग्रहण गराएका थिए। त्यसक्रममा सेना र प्रहरीको कडा सुरक्षा घेरामा प्रदेश प्रमुख यादव थिए।
 

प्रकाशित मिति: २१:५६ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्