Kathmandu Press

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं, वैशाख १९ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान पनि बन्द हुने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको...
आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं, वैशाख १९ : कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले आन्तरिक र अन्तराष्ट्रिय हवाइ उडान पनि बन्द हुने भएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते राति १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो। सीसीएमसीको सिफारिशमा आन्तरिक उडान बन्द गर्ने निर्णय भएको जनाएको छ। 

त्यस्तै, वैशाख २२ गतेदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द हुने भएका छन्। भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। 

कोरोना संक्रमण दिनदिनै बढिरहेको छ। आज सात हजारभन्दा बढी संक्रमित थपिएका छन्। 

प्रकाशित मिति: २०:१९ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्