प्रधानमन्त्री ओलीले विश्वासको मत लिने
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।
काठमाडौं, वैशाख १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन्।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी दिएका छन्। नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले अविश्वास प्रस्ताव ल्याउन तयारी गरिरहेका बेला प्रधानमन्त्री ओली विश्वासको मत लिने भएका हुन्।
सर्वोच्च अदालतको आदेशबाट नेकपा एकीकरण बदर भएको थियो। जसले गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतिएका थिए। माओवादीले समर्थन फिर्ता लिने बताउँदै आएको छ।
माओवादीले समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको भन्दै प्रधानमन्त्री ओली विश्वासको मत लिने भएका हुन्।
उनी मन्त्रिपरिषद् बैठकमा विश्वासको मत लिने जानकारी गराएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।











-1790332718.jpg)