आज कुन प्रदेशमा कति संक्रमित थपिए ?
काठमाडौं, वैशाख १९ : कोरोना भाइरस संक्रमितको संख्या आज सबैभन्दा बढी पुष्टि भएको छ भने सबैभन्दा बढी बाग्मती प्रदेशमै थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती...
काठमाडौं, वैशाख १९ : कोरोना भाइरस संक्रमितको संख्या आज सबैभन्दा बढी पुष्टि भएको छ। सात प्रदेशमध्ये सबैभन्दा बढी संक्रमित बाग्मती प्रदेशमै थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा चार हजार चार सय ३२ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा बाग्मतीमा ११ हजार २९ जनाको स्वाब परीक्षण गरिएको थियो।
त्यस्तै, दोस्रो नम्बरमा लुम्बिनी प्रदेश रहेको छ। लुम्बिनीमा एक हजार नौ सय ५८ जनाको जनाको स्वाब परीक्षण गर्दा एक हजार दुई सय चार जनामा कोरोना देखिएको हो।
यसैगरी प्रदेश २ मा पाँच सय २० जना संक्रमित थपिएका छन्। प्रदेशमा सात सय ८७ जनाको स्वाब परीक्षण गरिएको थियो।
प्रदेश १ मा पनि संक्रमण दर उच्च देखिएको छ। प्रदेशमा एक हजार एक सय ३६ जनाको स्वाब परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना पुष्टि भएको छ।
आज सुदूरपश्चिममा तीन सय ३९ जना संक्रमित थपिएका छन्। सुदूरपश्चिममा सात सय ३८ जनाको स्वाब परीक्षण गरिएको थियो।
त्यस्तै, कर्णाली प्रदेशमा दुई सय ६५ जनाको स्वाब परीक्षण गर्दा दुई सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णालीमा पनि संक्रमण दर बढ्दै गएको छ।
आज गण्डकी प्रदेशमा भने नयाँ संक्रमति देखिएका छैनन्। गण्डकीमा तीन सय ३४ जनाको स्वाब परीक्षण गरिएको थियो।
देशभर भने १६ हजार सात सय ७० जनाको स्वाब परीक्षण गर्दा सात हजार दुई सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी हो।
कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। उनीहरूमध्ये १४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।











-1790332718.jpg)