Kathmandu Press

लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, बुझाए ४२ सांसद्को हस्ताक्षर

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएको १ घण्टा पनि नबित्दै माओवादीका सांसद केसीले आफ्नो पक्षमा रहेका ४२ सांसद्को हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेका छन्।
लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसीको दाबी, बुझाए ४२ सांसद्को हस्ताक्षर

काठमाडौं, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी गरेका छन् ।

शंकर पोखरेल मुख्यमन्त्रीमा पुनः नियुक्त भएको १ घण्टा पनि नबित्दै माओवादीका सांसद केसीले आफ्नो पक्षमा रहेका ४२ सांसद्को हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसामू दाबी पेश गरेका छन्।

केसीका पक्षमा कांग्रेस र जसपासहित भर्खर प्रदेशसभा सदस्यबाट राजिनामा दिएका एमालेका दुगनारायण पाण्डेय, धर्मबहादुरलाल श्रीवास्तव र अजय शाही तथा माओवादीमा गएकी नेकपा सांसद् विमला वली छन् ।

यी हुन् केसीका पक्षमा हस्ताक्षर गर्ने ४२ सांसद्

प्रकाशित मिति: १६:४४ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्