Kathmandu Press

शंकर पोखरेल फेरि बने मुख्यमन्त्री

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेल संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
शंकर पोखरेल फेरि बने मुख्यमन्त्री

बुटवल, वैशाख १९ : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन्। 

एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेल संविधानको धारा १६८ को उपधारा (१) बमोजिम पुनः मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

पोखरेलले आफ्नो पक्षमा बहुमतको सांसदको हस्ताक्षरसहित संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए।

मुख्यमन्त्री पोखरेलले आजै पदबाट राजीनामा दिएका थिए । नेकपाकी सांसद बिमला वली माओवादीमा गएपछि विपक्षी दलहरुले पोखरेलले प्रदेश सभामा बहुमत गुमाएको दावी गरेका थिए । 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्