Kathmandu Press

शंकर पोखरेलको पुनर्नियुक्ति रोक्न विपक्षी दलको माग

तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले माओवादी केन्द्रमा जाने निर्णय गरेपछि लुम्बिनी प्रदेश सभामा पोखरेल अल्पमतमा परेको उनीहरुले बताएका छन्।
शंकर पोखरेलको पुनर्नियुक्ति रोक्न विपक्षी दलको माग

बुटवल, वैशाख १९ : मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएलगत्तै एमालेले उनलाई नै मुख्यमन्त्री बनाउने र सपथ ग्रहण गराउने तयारी गरेपछि लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले त्यसको विरोध गरेका छन् । उनीहरुले मुख्यमन्त्री पोखरेलले बहुमत गुमाइसकेकाले पुनः नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसँग आग्रह गरेका छन्।

तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले माओवादी केन्द्रमा जाने निर्णय गरेपछि लुम्बिनी प्रदेश सभामा पोखरेल अल्पमतमा परेको उनीहरुले बताएका छन्।

वलीले माओवादमिा जाने निर्णय गरे लगत्तै माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरु प्रदेश प्रमुख कार्यालय पुगेर पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न आग्रह गरेका हुन् । 

वली माओवादीमा आएपछि ८१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा सभामुखसहित  ४१ सांसद पुगेका छन् । एमालेका ४० सांसद् छन् । 

आफूहरु बहुमतमा रहेको भन्दै विपक्षी चार दलले लिखित रुपमै गठवन्धन सरकार बनाउने दावीसहितको पत्र बुझाउने तयारी गरेका छन् । 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्