Kathmandu Press

शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १९ : एमाले स्थायी कमिटीको बालुवाटारमा बसेको आकस्मिक बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका...
शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १९ : एमाले स्थायी कमिटीको बालुवाटारमा बसेको आकस्मिक बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।

अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भइरहेको छ । ओली–भण्डरीबीचको यो भेटलाई प्रधानमन्त्री कार्यालयले नियमित भेटघाट भनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री शीतल  निवास गएको बताइएको छ । ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाएका छन् ।

 

प्रकाशित मिति: १४:१७ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्