Kathmandu Press

अक्सिजन अभावमा बेलझुन्डी अस्पतालका ४० बिरामी जोखिममा  

अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएकाले उनीहरुको ज्यान जोखिममा परेको हो।
अक्सिजन अभावमा बेलझुन्डी अस्पतालका ४० बिरामी जोखिममा  

दाङ, वैशाख १९ : दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा अक्सिजन अभाव भएको छ। अस्पतालका व्यवस्थापक दोर्ण वलीले अक्सिजन अभाव भएपछि ४० बिरामीको ज्यान जोखिममा रहेको बताए । 

अहिले अस्पतालमा रहेका ५९ बिरामीमध्ये ४० जनालाई अक्सिजन आवश्यक रहेकोमा मौज्दात रहेको अक्सिजन पनि सकिएकाले उनीहरुको ज्यान जोखिममा परेको हो ।  

‘अक्सिजन सकिन लागेपछि शनिबार रातीदेखि नै हामीले अक्सिजन उपलब्ध गराउन अनुरोध गरे पनि अहिलेसम्म कतैबाट व्यवस्था हसन सकेको छैन,’  अस्पतालका व्यवस्थापक वलीले भने, अहिले अस्पतालमा अक्सिजन पुरै सकिएको छ । अक्सिजनमा राखेर उपचार गराइरहेका बिरामी बचाउन गाह्रो भइरहेको छ ।’

बेलझुण्डी अस्पतालमा शनिबार मात्रै १० आईसीयू, ५० एचडीयू र ४० सामान्य गरी १ सय शय्या थप गरिएको थियो । 

शय्या विस्तार भए पनि अक्सिजन नभएपछि नयाँ बिरामी भर्ना गर्न नसकिएको उनले बताए ।


 

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, वैशाख १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्